गोरखा १६, असोज । गोरखा नगरपालिका गोरखाले नगरपालिका भित्रका बिधालयहरुमा बन्दाबन्दीका कारण लामो समयदेखि रोकिएको शिक्षण सिकाईको बैकिल्पक व्यवस्थाका लागि बिधालयहरुलाई परिपत्र गरेको छ ।
नगरपालिकाले बिधालयहरुलाई पठाएको परिपत्रमा बिधार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ र बिधालय शिक्षाको आकिस्मक कार्ययोजना २०७७ कार्यान्व्यन गर्ने सिलसिलामा बिधालयले निर्माण गरेको कार्ययोजना अनुसार सिकाईको सहजीकरण गर्न बिधालय व्यवस्थापन समितिको निर्णय गराई स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण परिपालन गरि असोज १८ गतेदेखि प्रत्यक्ष सिकाईको सहजीकरण गर्न सक्ने जनाएको छ ।
प्रत्यक्ष सिकाईका लागि नगरपालिकाले बढीमा २० जना बिधार्थीको सहभागिता गराउने, सिकाई केन्द्र सिफ्टमा सञ्चालन गर्न सकिने, प्रति सिफ्ट बढीमा ३ घण्टासम्म सिकाई सहजीकरण गर्न सकिने र एक दिनमा बढमिा ३ सिफ्ट सञ्चालन गर्न सकिने परिपत्रमा उल्लेख छ ।
त्यस्तै बिधार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ बमोजिम धेरै बिधार्थी संख्यामा भएका कक्षाहरुमा बैकल्पिक बिधिहरु अनलाईन र र्भचुयल कक्षा हाल सञ्चालनमा रहेका कक्षाहरुलाई निरन्तरता दिन सकिने नगरपालिकाको बिधालयहरुलाई पठाएको परिपत्रमा उल्लेख छ ।
परिपत्रमा केन्द्र, प्रदेश र स्थानीय रेडियो एफ र टेलिभिजनहरुबाट प्रशारण भएका पाठ्य सामाग्रीहरु सुन्न र पढ्न अभिभावक र बिधार्थीहरुलाई प्रोत्साहि गराउन पनि बिधालयलाई भनिएको छ । सिकाईका क्रममा पाठ्यक्रम बिकास केन्द्रको मूल पाठ्य तथा पाठ्यक्रम र पाठ्यबस्तु समायोजन ढाँचा २०७७ लाई अबलम्बन गरि सिकाई सहजीकरण गतिबिधि अगाडी बढाउनु पर्ने, शिक्षा मन्त्रालयको बिधालय शिक्षाको आकस्मिक कार्ययोजना–२०७७ बमोजिम अनिबार्य रुपमा २०७७ असोजसम्म बिधार्थी भर्ना गरि एकिृकत शैक्षिक सूचना व्यवस्थापन प्रणालाी आईइएमआइएस मा अपलोड गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।