Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जेष्ठ नागरिक दिवसको अबसरमा ५ जना सम्मानित


5.7K
Shares

गोरखामा जेष्ठ नागरिक दिवसको अबसरमा ५ जना सम्मानित

गोरखा १५, असोज । ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा गोरखामा ५ जना जेष्ठ नागरिकहरुलाई बिहिबार सन्मान गरिएको छ । जेष्ठ नागरिक जिल्ला संघ गोरखा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि नगरपालिका भित्रका बिभिन्न वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

संघले वडा नम्बर ४, ५, ६, ७ र ८ नम्बरका महिला तथा पुरुष जेष्ठ नागरिकहरुलाई सम्मान गरेको संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो । ‘जेष्ठ नागरिक समाजको पथ प्रर्दशक हुन्, उहाँहरुलाई सम्मान गर्दा समाजमा अझै जेष्ठ नागरिकको स्थान उचो हुन्छ अध्यक्ष श्रेष्ठले भन्नुभयो, त्यसले आज दिवसको अबसरमा पारेर सन्मान कार्यक्रम गरेका हौ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुखम अशोक कुमार गुरुङले उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो। सन्मान कार्यक्रममा बोल्दै गुरुङले समाजमा रहेको जेष्ठ नागरिकलाई सबैले सम्मान गर्न गर्दै उहाँहरुबाट पछिल्लो पुस्ताले सिक्दै जानुपर्ने बताउनुभयो । ‘जुन समाजमा जेष्ठ नागरिकको सम्मान हुदैन त्यो समाजको परिवर्तन पनि सम्भव छैन, उहाँले भन्नुभयो, ‘जेष्ठ नागरिक भनेका समाजका पथप्रर्दशक हुन, जसले समाजलाई हिडाउने बाटो देखाएको हुन्छ ।’

सम्मानित व्यक्तिहरुलाई नगद सहित फलफुल, सरसफाईका सामाग्री समेत उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ, मानव अधिकारकर्मी यदु अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology