Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एक प्रहरीमा कोरोना पुष्टी भएपछि बाह्रकिलो प्रहरी चौकी सिल


3.1K
Shares

एक प्रहरीमा कोरोना पुष्टी भएपछि बाह्रकिलो प्रहरी चौकी सिल

गोरखा १४, असोज ।  गोरखा नगरपालिका वडा नम्बर ११ मा स्थित बाह्रकिलो प्रहरी चौकी सिल गरिएको छ । चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

‘संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई आइसोलेसन पठाएका छौँ, अन्य १२ जनालाई चौकी हाताभित्रै क्वारेन्टाइनमा राखि प्रहरी चौकी सिल गर्‍यौँ ’उहाँले भन्नुभयो ।

संक्रमण थप फैलन नदिन चौकी सिल गरिएको हो । सिल गरिएको क्षेत्रमा थप प्रहरी परिचालन गरिएको प्रहरीले स्रोतले जनाएको छ ।प् रहरी कर्मचारी र सिरानचोक गाउँपालिकाका कर्मचारीसहित बुधबार गोरखामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology