Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सामुदायिक बन उपभोक्ता महासंघ गोरखाद्धारा सामुदायिक बनको प्राकृतिक दोहनको क्षतिपूर्ति माग


3.5K
Shares

सामुदायिक बन उपभोक्ता महासंघ गोरखाद्धारा सामुदायिक बनको प्राकृतिक दोहनको क्षतिपूर्ति माग

गोरखा १४, असोज ।  सामुदायिक बन उपभोक्ता महासंघ गोरखाले जिल्ला भित्र निर्माणधिन बिकास आयोजनाहरुका कारण सामुदायिक बन क्षेत्रमा भएका प्राकृतिक दोहनको क्षतिपूर्ति उपभोक्ता पाउनुपर्ने माग गरेको छ । महासंघले आज गोरखा सदरमुकाममा आयोजना गरेको सामुदायिक बन क्षेत्रको पैरवी तथा जनवकालत सम्बन्धी योजना तर्जुमा कार्यक्रममा बिकास आयोजनाहरुले सामुदायिक बन उपभोक्ताहरुलाई जानकारी नै नगराई बिकास आयोजना निर्माण गर्दा उपभोक्ताहरु मारमा पर्ने गरेको निस्कर्ष निकालेको हो ।

सामुदायिक बन क्षेत्रका सरोकारवालाहरु छलफल नै नगरी बिकास आयोजना अघि बढाउदा बर्षौसम्म उपभोग गर्दै आएका उपभोक्ताहरु बिस्थापित हुनुपर्ने अबस्था आएको, उनिहरुका लागि बैकिल्पक व्यवस्थामा राज्यले चासो नदिएको सरोकारवालाहरुको भनाई छ । महासंघले जिल्ला भित्र पर्ने राष्ट्रिय गौरवका अयाोजनाले समेत दर्जनौ सामुदायिक बन क्षेत्र अतिक्रमण हुने अबस्थामा पनि उपभोक्ताहरुलाई कुनै जानकारी नदिएको भन्दै आपत्ती समेत जनाएको छ ।

‘अब महासंघ र सरोकारवालाहरुको नेतृत्वमा सम्बन्धित आयोजनाहरुसंग बातावरणीय प्रभाव मूल्याङकन (र्ईआइए) गरेर काम सुरु गरे नगरेको बारे जानकारी समेत लिने निर्णय पनि हामीले गरेका छौ, महासंघका केन्द्रिय सदस्य नरबहादुर गुरुङले भन्नुभयो, ‘ ईआइए गर्दा समेत सामुदायिक बन उपभोक्ताहरुलाई पूर्व सूचना दिएर सहमतीको आधारमा आयोजनाको सुरुवात गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

त्यसो नगरिए आयोजनाहरुकोे गर्ने एकल निर्णयलाई सामुदायिक बन उपभोक्ताहरुले स्विकार गर्न बाध्य नहुने उहाँको भनाई छ । ‘मूख्य गरि बुढीगण्डकी जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने सामुदायिक बनका उपभोक्ताहरुको भेला गरेको त्यसको क्षतिपूर्तीको सवालमा समेत महासंघ अब निस्कर्ष पुग्ने केन्द्रिय सदस्य गुरुङले बताउनुभयो ।

डुवान क्षेत्रमा पर्ने उपभोक्ताहरु स्थानान्तरण भएर जाँदा निसर्त रुपमा सोही बराबरको सामुदायिक बनको उपभोग स्थानान्तरण भएको ठाउँमा पनि गर्न पाउनुपर्ने सर्त पनि महासंघले अघि सारेको छ । ‘डुवानका कारण अन्यत्र बसाइ सरेर गएका उपभोक्ताहरुले त्यहाँ रहेका सामुदायिक बनको सजिलै उपभोक्ता बन्न पाउदैनन्, उहाँले भन्नुभयो, स्थानीय सामुदायिक बनहरुको आफ्नै नियम हुन्छ, एउटा सामुदायिक बनका बर्षौ योगदान पु¥याएका उपभोक्ताले बिस्थापित भएर अर्को सामुदायिक बनमा शुल्क बुझाउनु पर्ने बाध्यता हुन्छ, त्यसलाई राज्यले सम्बोधन गर्नुपर्छ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख असोक कुमार गुरुङले जिल्ला समन्यव समितिको सवै शक्ति लगाएर महासंघको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा डिभिजन बन कार्यालय गोरखाका प्रमुख असोककुमार श्रेष्ठ, साहायक बन अधिकृत होमबहादुर बल्छौडी, बनमहासंघका पूर्व अध्यक्ष कृष्ण रानामगर, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नरबहादुर गुरुङ, कबिता अर्याल लगायतको सहभागिता रहेको थियो ।

महांसघले जिल्ला भित्रका मध्यपहाडी लोक मार्ग क्षेत्रमा पर्ने सामुदायिक बन, पालुङटार कुन्दुरटार सिंचाई, ११ किलो छेपेटार बारपाक सडकखण्ड, दरौदी लिफ्टिङ खानेपानी आयोजना, मझुवा लिफ्टिङ खानेपानी आयोजना, बाह्रमुले लिफ्िटङ खानेपानी आयोजना क्षेत्रमा पर्ने सामुदायिक बन, दरौदी हाइड्रो पावर क्षेत्रका लगायतका बिकास आयोजनाका कारण क्षति पुगेका सामुदायिक बनको अबस्थाको बारेमा समेत अध्ययन गर्ने जनाएको छ । कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology