Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कर्मचारीमा कोरोना पुष्टी भएपछि सिरानचोक गाउँपालिका कार्यालय बन्द


8.1K
Shares

कर्मचारीमा कोरोना पुष्टी भएपछि सिरानचोक गाउँपालिका कार्यालय बन्द

गोरखा १४, असोज ।  गोरखाको सिरानचोक गाउँपालिकाले कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि एक साताका लागि गाउँपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टी भएपछि १ हप्ताका लागि गाउँपालिकाबाट प्रदान गरिदै आएका अत्याबश्यक बाहेका सवै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

गोरखा जिल्लामा आज थपिएका ५ जना कोरोना संक्रमित मध्ये एक जना सिरानचोक गाउँपालिकाको रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको थियो ।

संक्रमित व्यक्ति गाउँपालिका कार्यालयकै कर्मचारी रहेको पाइएपछि उनको सम्पर्कमा रहेको कन्ट्रयाक्ट ट्रेसिङ गरि रिर्पोट नआउदासम्म एक हप्तासम्म कार्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले सूचना मार्फत जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology