Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मनकामना केवलकार चढ्न अब टिकट काट्नु नपर्ने


3.1K
Shares

मनकामना केवलकार चढ्न अब टिकट काट्नु नपर्ने

गोरखा १४, असोज  । गोरखाको मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार चढ्न लाई बसेर टिकट काट्नु नपर्ने भएको छ । यात्रुको सुबिधाका लागि अबदेखि ई सेवा र फोन पे मार्फत मोवाइलमै टिकट खरिद बिक्रीको व्यवस्था मिलाएपछि लामो लाइन बसेर टिकट काट्नुपर्ने झन्झटको अन्य भएको हो । मनकामना दर्शन प्रालिले कोभिड–१९ का कारण सुरक्षा सर्कता र यात्रुको सहजताको लागि भन्दै ई सेवा र फोन पे मार्फत टिकट खरिद बिक्रीको ब्यवस्था मिलाएको हो ।

नगद रहित कारोबार र सुरक्षा सर्तकताका लागि पनि यो काम जरुरी भएकोले यो सेवा सञ्चालनमा ल्याएको सञ्चालक राजेशबावु श्रेष्ठले बताउनुभयो । यो सेवाबाट यात्रुले टिकट खरिदका लागि धेरै समय खर्चनु नपर्ने र कम्पनीले नगद रहित सेवा दिने जानकारी दिनुभयो । मनकामना केबुल कारको सञ्चालन संस्था मनकामना दर्शन प्रालिले यात्रुको सेवा र बढ्दो कोरोना संक्रमणका कारण सुरक्षा सर्तकतालाई ध्यान दिदै यो सेवा सञ्चालनमा ल्याएको हो ।

अब यात्रुले टिकटका लाईनमा धेरै समय खर्चनु पर्ने छ्रैन भने मोबाईलमा आउने टिकट सिधै प्रस्थान कक्षमा पुगेर बारकोडमा बित्तिकै यात्रा गर्न पाईने छ । ई सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । अहिले दुर्गम क्षेत्रसम्म पनि यो सेवाको पहुँच पुगिसकेको अवस्थामा यात्रुले सेवामा सहजता सँगै स्टेशनमा भिडभाड कम हुने कम्पनीले विश्वास लिएको छ ।

यो सेवा लागु भए संगै केबुलकार यात्रा गर्न चाहने जो कोहीले पनि घरबाट हिडनु पूर्व वा हिड्दा हिड्दै टिकट खरिद गरेर समयको बचत र नगद रहित कारोबार गर्न सकिने भएको केवलकार सञ्चालक कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology