Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा भित्रने मजदुरमा संक्रमण बढ्दो आरुघाट पुगेका एक जनामा फेरि कोरोना पुस्टि


3K
Shares

गोरखा भित्रने मजदुरमा संक्रमण बढ्दो आरुघाट पुगेका एक जनामा फेरि कोरोना पुस्टि
  • गोरखा १४, असोज ।बिरगञ्जबाट गोरखाको आरुघाट आएका १ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ ।

आरुघाटको भिमोदय क्याम्पसको क्वारिन्टीन बसेका उनलाई कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

बिरगञ्जबाट असोज ८ गते आएर क्वारिन्टीनमा बसेका ४ जना मध्ये १ जना २४ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य प्रमुख बिजय श्रेष्ठले बताउनु भयो । । उनि संगै बस्दै आएका अन्य ३ जनाको पनि स्वाब संकलन गर्न लागेको श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा जिल्लामा यो सहित कुल २७२ जनामा संक्रमण पुष्टी भएको छ । जस मध्ये जिल्ला स्वास्थ्य कार्यालय गोरखाले स्वाब संकलन गरेको २४५ जना र बाहिरी जिल्लामा स्वाब संकलन गरेर संक्रमण देखिएका ३२ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

मंगलबार पनि जिल्लाको भीमसेन थापा गाउँपालिकामा काम गर्न आएका एक मजदुरमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology