गोरखा १३, असोज । गोरखामा कोरोना भाइरस (कोभिड १९) बिरुद्ध सचेतना फैलाउन सवारी साधनहरुमा कोभिड–१९ सम्वन्धी सचेतना मुलक सन्देशको स्टिकर टाँस गरिएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बढ्दो जोखिम न्युनिकरण र रोकथामका लागि नागरिकहरुलाई सचेतना प्रदान गर्न मंगलबार सवारी साधनहरुमा सचेतनामूलक स्टिकर टाँसिएको हो । लायन्स क्लब अफ गोरखा सिटिले जिल्ला भित्र चल्ने सवारी साधानहरुमा सचेनामूलक स्टिकर टाँसेको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष लायन कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा बसपार्क, घ्याम्पेशाल बस पार्क, माइक्रो काउन्टर र अन्य स्थानमा गरी २०० सवारी साधानमा टाँस गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा साङ्रीला बिकाश बैंकका क्लष्टर चिफ महेन्द्र अधिकारी, जिल्ला ट्राफिक कार्यलय गोरखाका प्रमुख मित्रलाल ढकाल सहित अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।