Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोटमा जग्गा र जग्गामा बनेको संरचनाको लगत संकलन गर्न सुरु


2.7K
Shares

बारपाक सुलिकोटमा जग्गा र जग्गामा बनेको संरचनाको लगत संकलन गर्न सुरु

गोरखा १३, असोज ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र जग्गा र जग्गामा बनेका संरचनाको लगत संकलनको काम सुरु गरेको छ । गाउँपालिकाले जग्गाधनीहरुलाई आफ्नो जग्गा र जग्गामा बनेका संरचनाको लगत कायम गराउन आवहन गरेको हो । गाउँपालिकाले एक सूचना जारी गर्नुहुदै गाउँपालिकाले चालु आर्थिक बर्षदेखि गाउँपालिका भित्र सम्पती कर लागू गरिने भएकाले पालिका भित्रका नागरिकहरुलाई लगत कायम गराउन आग्रह गरिएको छ ।

गाउँपालिकाले यस अघि मालपोत असुल गरि आएकोमा अबदेखि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकाको आर्थिक ऐन २०७७ बमोजिम सम्पती कर लागू गर्न लागेको हो । पालिका भित्रका जग्गाधनीहरुलाई सम्पतीको बिबरण दाखिला गर्ने फारम गाउँपालिकाले सवै वडा कार्यालहरुमा आइतबारदेखि पठाएको गाउँपालिकाले जनाएको छ ।

जग्गाधनीहरुले कात्तिक ६ गतेसम्म गत आर्थिक बर्षको मालपोत र भूमिकर चुक्ता गरेको प्रमाणपत्र, जग्गाधनीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, जग्गादर्ता प्रमाण पत्रको प्रतिलिपि लगायतको आबश्यक कागजात वडा कार्यालय मार्फत बुझाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology