गोरखा १३, असोज । जिल्ला प्रहरी कार्यालय गोरखाले गएको साउन यता ४३ जना फरार प्रतिबादीलाई पक्राउ गरि फैसला कार्यान्व्यनका लागि बुझाएको छ । गोरखा जिल्ला अदालत र अन्य न्यायिक निकायबाट सजाय फैसला सुनाई फरार रहेका प्रतिबादीहरुको खोजी कार्यलाई तिव्र पारेर गोरखा प्रहरीले पछिल्लो करिब साढे २ महिनाको अबधीमै ४३ जनालाई पक्राउ गरेको जनाएको छ ।
अभियान अन्र्तगत आइतबार मात्र २ जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका वडा न १ घर भएका ४१ बर्षिय सानुबाबु बाँनिया र गोरखा नगरपालिका वडा नम्बर १२ का सुरज कुमाल रहेका छन् ।
पक्राउ परेका बाँनिया सवारी ज्यान मुद्धामा जिल्ला अदालत गोरखाले सजाय फैसला सुनाएका व्यक्ति हुन् भने अर्का प्रतिबादी सार्वजनिक मुद्धामा सजाय सुनाएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।