गोरखा १३, असोज । गोरखा नगरपालिकाले नगरपालिका भित्र अहिलेसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीले गोरखा नगरपालिका भित्र ३३ जना महिला र ५२ जना पुरुषमा अहिलेसम्म कोरोना संक्रमणको पुष्टी भएको जनाएको हो ।
नगरपालिकाले अहिलेसम्म कुल १ हजार ९ सय ४१ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरेको जनाएको छ । जसमा १ हजार ४०५ जना पुरुष र ५ सय ३१ जना महिला रहेका छन् । त्यस्तै १ हजार ३ सय ९९ जनालाईनगरपालिकाको देउराली निर्माण गरिएको हेल्डिङ सेन्टरमा राखेर सम्बन्धित स्थानीय तहमा पठाइएको, ६२ जना नगरपालिकाको मास आइसोलेसनमा बसेको, ६१ जना मास आइसोलसनबाट डिस्चार्ज भएको रेग्मीले जानकारी दिनुभएको छ ।
गोरखा नगरपालिकामा पिसिआर परीक्षण गराएका मध्ये अब ५७ जनाको मात्र रिर्पोट प्राप्त हुन बाँकी रहेको उहाँको भनाई छ । त्यस्तै संक्रमित मध्ये नगरपालिका भित्र १ जनाले मात्र ज्यान कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेको नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिका भित्र अहिले ६ महिला र ४ पुरुष गरि कुल १० मात्र मात्र संक्रिय संक्रमित रहेका छन् ।
