गोरखा १२, असोज । सुत्केरी व्यथाले छटपटिएकी गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कौदीकी देवी गुरुङलाई आइतवार बिहान पोखरा गण्डकी अस्पतालमा पु¥याइएको हो । शनिबार बिहानदेखि सुत्केरी व्यथाले छटपटिएकी देवीको बच्चा जन्मिन सकेको थिएन ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा उहाको उद्धार गरिएको हो । गण्डकी गाउँपालिकाका नेकपाका नेता बिष्णु पन्तको समन्वयमा उनलाई तत्काल उद्धार गरिए हो । उनको शल्यक्रियाबाट बच्चा जन्मिएको छ । शिशु र आमाको स्वास्थ अवस्था सामान्य रहेको गण्डकी अस्पतालले जानाएको छ ।