Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

दुर्घटनामा ज्यान गुमाएका शहिद लखन गाउँपालिकाका पोखरेल परिवारलाई २६ लाख रकम भुक्तानी


1.7K
Shares

दुर्घटनामा ज्यान गुमाएका शहिद लखन गाउँपालिकाका पोखरेल परिवारलाई २६ लाख रकम भुक्तानी

गोरखा ११, असोज । मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका गोरखाको शहिद लखन गाउँपालिका–३ बनौती सन्तोष पोखरेलको परिवारलाई २६ लाख ३८ हजार रुपैया रकम भुक्तानी गरिएको छ । मृतकको परिवारलाई एलआइसी इन्स्युरेन्स कम्पनीले बिमा बापतको रकम भुक्तानी गरेको हो । पोखरेलको परिवारलाई एलआईसीले २६ लाख ३८ हजार ८२० रुपैयाँ भूक्तानी गरेको हो ।

पोखरेलले गएको पौष २९ गते तनहुँको आँबुखैरेनीमा रहेको मस्र्याङदी पावरहाउस नजिकै मोटरसाईकल दुर्घटनामा परेर ज्यान गुमाउनु भएको थियो । उहाँले गोरखामा रहेको एलआईसी मार्फत १२ लाख ५० हजारको बिमा गराउनु भएको थियो । बिमितको मृत्यु भएकोले मृत्यु दावी भूक्तानी अन्तरगत एलआईसीले उहाँकी श्रीमती र बुवालाई गरी उत्त रकम भुक्तानी गरेको हो ।

एलआईसीले आफ्नै शाखामा एक कार्यक्रम गर्दै बुवा लवबावु पोखरेल र श्रीमती स्वस्तिका पोखरेल (सापकोटा)लाई चेक हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । कार्यालयले मृत्तकका बुवालाई १६ लाख ५ हजार ८४० रुपैयाँ र श्रीमतीलाई १० लाख ३३ हजार रुपैयाँ भूक्तानी गरेको जनाएको छ । कार्यालयका अनुसार विमितले बिमा गरे पछि १ किस्ता रकम मात्र भूक्तानी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology