गोरखा १०, असोज । गण्डकी प्रदेशमा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालयले अपरान्ह्र ४ बजे जारी गरेको प्रेस बिज्ञप्तिमा गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
जस अन्र्तगत कास्की जिल्लाको पोखरा महानगरपालिका ५३, ५७,४९, २१ र २२ बर्षका पुरुष तथा बर्ष ४१ र १९ का दुई महिलामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
त्यस्तै तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ का बर्ष १६ का एक पुरुष, भिमाद नगरपालिकाका वडा नम्बर वडा नम्बर १ का बर्ष १७ र ३६ बर्षका दुई पुरुष, लम्जुङ कोल्सोथारका २१ बर्षका पुरुष, बेशिशहर नगरपालिकाका ३६ र १९ बर्षका दुई पुरुषमा संक्रमणको पुष्टी भएको हो ।
