Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा आज एकैदिन १२ जनामा कोरोना संक्रमण भेटियो


3.9K
Shares

गोरखामा आज एकैदिन १२ जनामा कोरोना संक्रमण भेटियो

गोरखा ९, असोज । गोरखामा थप १२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकामा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा ३७, १५ र १३ ब र्षका पुरुष तथा ३५ १९, १५ र ३४ बर्षका ४ जना महिला रहेको जनाइएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ८ मा ३० बर्षका १ महिला तथा १८ बर्षका एक पुरुष, गण्डकी गाउँपालिका वडा नम्बर ५ मा ३३ बर्षका एक पुरुषमा संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निदेृशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको भीमेसन थापा गाउँपालिका वडा नम्बर ३ मा २४ बर्ष र ३३ बर्षका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा भने अहिलेसम्म कुल ३ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology