गोरखा ८, असोज । गोरखाको धार्चे गाउँपालिका–३ खोर्ला गाउँमा रहेको लुङ्गेत खोला जलविद्युत आयोजनामा पहिरोले क्षती पु¥याएको छ । अबिरल बर्षपछि आएको पहिरोले २६ किलोवाट क्षमताको जलबिद्युत आयोजनामा क्षति पु¥याएको स्थानीयबासीले बताएका छन ।
पहिरोले आयोजनाको १० वटा पोलमा बगाएको स्थानीय दिलबहादुर गुरुङको जानकारी दिनुभयो । पहिराले जलबिद्युत आयोजनामा क्षति पुगेपछि खोर्ला गाउँका १ सय ८० घुरधुरी परिवार अध्यारोमा बस्न बाध्य भएका छन् ।