काठमाण्डौ ८, असोज । ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा अ२ वटा टिप्पर र एउटा मोटरसाइकल पुरिएको छ । दुर्घटनमा परि ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
अबिरल बर्षा पछि गएको पहिरोमा परि घाइते भएका मध्ये २ जनाको अबस्था गम्भी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडामा भन्ने स्थानमा पहिरो खसेको हो । एसएसपी राईका अनुसार घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।