Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण


2.4K
Shares

नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण

काठमाण्डौ ७, असोज ।नेपालमा थप ११ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा. गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा सङ्क्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ४ सय ९२ जना सङ्क्रमित थपिएका छन् ।

ललितपुर ५० र भक्तपुरमा ९५ जना कोरोना सङ्क्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना सङ्क्रमित १८ हजार ५ सय नाघेको छ । २४ घन्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology