Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

इरान बिरुद्ध अमेरिकाले लगायो प्रतिबन्ध


2.3K
Shares

इरान बिरुद्ध अमेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी ७, असोज । अमेरिकाले इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको हो । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो ।

इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्ध लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले आफ्नो आदेशले इरानी सत्ता र इरान विरुद्ध उभिन अस्वीकार गर्ने अन्तर्राष्ट्रिय समुदायका लागि स्पष्ट सन्देश दिएको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology