Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिका ७ की २५ बर्षिय महिला आइसोलेसनबाट डिस्चार्ज


4.1K
Shares

गोरखा नगरपालिका ७ की २५ बर्षिय महिला आइसोलेसनबाट डिस्चार्ज

गोरखा ७, असोज । गोरखामा आज थप १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । गोरखा नगरपालिका वडा नम्बर ७ घर भएका २५ बर्षिय महिला कोरोना संक्रमणबाट मुक्त भएपछि बुधबार (आज) अस्पतालबाट डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु तथा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएको र १४ दिनसम्म आइसोलेसनमा रहदा कुनै लक्षण नदेखिएपछि उनलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology