Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपालमा पुनः लकडाउन गर्न सिफारिस


6.7K
Shares

नेपालमा पुनः लकडाउन गर्न सिफारिस

काठमाडौं ७, असोज । सरकारलाई इन्सिडेन्स कमाण्ड सिस्टम (आइसिएस)ले सक्रिय कोरोना संक्रमित २५ हजार नाघेमा बन्दाबन्दी गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको बैठकले सक्रिय संक्रमित २५ हजार नाघेमा बन्दाबन्दी गर्न सरकारलाई सिफारिस गरेको हो।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका सक्रियको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरिएको जानकारी दिनुभएको छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्नु पर्ने निष्कर्ष निकालेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

प्रवक्ता डा. गौतमले स्वास्थ्यसम्बन्धी निकायको मौजुदा भौतिक संरचनाका कारण २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय भएको बताउनुभयो। बैठकले संक्रमण दर बढिरहेको र जोखिम उच्च नै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको गौतमले जानकारी दिनुभयो।

त्यसैगरी विभिन्न अस्पतालले शुल्क बढी लिएको सम्बन्धमा गुनासो आएकाले स्वीकृति दिने निकायले कडाइ साथ अनुगमन गर्ने र कारबाही गर्ने निर्णय पनि आइसिएसले गरेको छ ।बैठकले असोज पहिलो सातासम्म जनस्वास्थ्यका मापदण्ड पालनाको अवस्था हेर्दा सिसिएमसीमार्फत कडाइसाथ अनुगमन गरी कारबाही गर्ने निर्णय पनि गरेको गौतमको भनाई छ ।

यस्तै, बैठकले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो। बुधबार नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology