गोरखा ७, असोज । अबैध रुपमा नदीजन्य पर्दाथ उत्खनन गरि ओसारपसार गर्ने २ वटा सवारी साधनलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका–९ स्थित बुङकोटघाटबाट अबैध ढुङ्गा सहित उत्खनन् गरि ओसारपसारमा संलग्न ना ६ त ९५९६ नम्बरको ट्याक्टर र बा ५ ख ४९२२ नम्बरको टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सो क्षेत्रमा नदीजन्य पर्दाथको अबैध उत्खन्न हुने गरेका गोप्य सूचनाका आधारमा खटि गएको प्रहरीको टोलीले त्यस्ता कार्यमा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सवारी साधनलाई आबश्यक कारबाहीका लागि शहिद लखन गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।