गोरखा ७, असोज । गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज अधिकारीले कोरोना संक्रमणको रोकथाम र गाउँपालिकाको गरेका ल्याएको बिकास निर्माणको प्राथामिकीकरणका बिषयमा चासो दिनु भएको छ । सांसद अधिकारीले आफ्नो निर्वाचन क्षेत्र अन्र्तगतका बिभिन्न गाउँपालिकाहरुमा पुगेर स्थानीय सरकारले कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र नियन्त्रणका लागि गदै आएका प्रयासका बारेमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतसंग भेटघाट गरी जानकारी लिनुभएको हो ।
उहाँले सोमबार जिल्लाको भीमसेन थापा गाउँपालिकाको कार्यालयको अनुगमन सहित गाउँपालिका उपाध्यक्ष बिनु वाग्ले लगायतसंग भेटघाट गरि जानकारी गाउँपालिकाले कोरोना संक्रमणको व्यवस्थापन, बिकास निर्माण र गाउँपालिकाको प्राथामिकीकरणको बिषयमा जानकारी लिनुभयो । त्यस्तै सोही दिन जिल्लाको आरुघाट गाउँपालिकामा पुगेर गाउँपालिकाले गर्दै आएको बिकास निर्माणका काम तथा योजनाको बारेमा पनि सांसद अधिकारीले जानकारी लिनुभयो ।
सो क्रममा गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले सांसद अधिकारीले कोरोना नियन्त्रणका लागि गाउँपालिका गर्दै आएका प्रयास र गाउँपालिकाको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । दुवै पालिकाका जनप्रतिनिधिसंगको भेटमा सांसद अधिकारीले गाउँपालिकाको प्रभावकारी कार्य सम्पादनमा जोड दिदै आफ्नो तर्फ सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेकपामा नेता समेत रहनु भएका सांसद अधिकारीले भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिकामा पुगेर त्यहाँका नागरिक तथा कार्यकर्ताहरुसंग समेत भेटघाट तथा छलफल गर्नुभएको थियो ।