Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

डा. केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर पुर्यायो ट्रमा सेन्टर (भिडियो सहित हेर्नुहोस)


3.3K
Shares

डा. केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर पुर्यायो ट्रमा सेन्टर (भिडियो सहित हेर्नुहोस)

काठमाण्डौ ६, असोज । डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पु¥याएको छ । नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पु¥याएको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।

हिजो जुम्लाबाट नेपालगन्ज आउनुभएका डाक्टर केसीले आजदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताउनु भएको थियो । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । उहाँ आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उहाँलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा पु¥याएको हो ।

डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकले छलफल गरिरहेका छन् भने केसीका समर्थकलाई उहाँलाई भेट्न दिइएको छैन । काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउनुभएको थियो ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनुपर्ने लगायतका कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती अस्पताल पु¥याएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology