Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज एकैदिन २८ जनाले जिते कोरोना संक्रमण


1.6K
Shares

गोरखामा आज एकैदिन २८ जनाले जिते कोरोना संक्रमण

गोरखा ६, असोज ।  गोरखा जिल्लामा आज २८ जना संक्रमित व्यक्ति कोरोना मुक्त भएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, धार्चे गाउँपालिका र गोरखा नगरपालिकाका ७ महिला र २१ जना पुरुष कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

संक्रमण मुक्त हुनेहरुमा गोरखा नगरपालिका वडा नम्बर ६, ७ र १३ का बर्ष ४०, ५१ र ३० का ३० जना महिला, बर्ष २२, २४, २४, २५ र २८ का ५ जना पुरुष रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिनुभयो । त्यस्तै पालुङटार नगरपालिका वडा नम्बर ५ का बर्ष ५५ का एक पुरुष, सिरानचोक गाउँपालिका वडा नम्बर ६ का २० बर्षका एक महिला र १७ बर्षका एक पुरुष, भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ का बर्ष ४०, २४ र ३८ का ३ जना पुरुष तथा बर्ष २५ र ३३ का २ महिला रहेको अस्पतालले जनाएको छ ।

कोरोना निको हुने अन्य व्यक्तिहरुमा बारापाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ का बर्ष ५० का एक महिला र बर्ष २१ का एक पुरुष, वडा नम्बर ४ का बर्ष १८, ३२, र ३६ का ३ पुरुष, वडा नम्बर ५ का बर्ष ३० का एक पुरुष, वडा नम्बर ७ र ८ का बर्ष २२, २४, ३५, ३७, ४६ र ३६ का ६ पुरुष तथा धार्चे गाउँपालिका वडा नम्बर ३ का २२ बर्षका एक पुरुष रहेका छन् ।

उनिहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना नदेखिएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology