गोरखा ६, असोज । गोरखाको गण्डकी गाउँपालिकाको छैटौ गाउँसभाको बैठक आउदो असोज १० गतेका लागि आवहन गरिएकोे छ । गाउँपालिकाको केन्द्र बिबादका कारण गएको असार १० गते भित्र सम्पन्न भइसक्नु पर्ने गाउँसभाको बैठक आउदो असोज १० गतेका लागि आवहन भएकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले जानकारी दिनुभयो ।
‘गाउँसभाको बैठक स्थगित गर्ने बोलाउने अधिकार गाउँपालिकाका अध्यक्षलाई नै हुन्छ, उहाँले भन्नुभयो, त्यसैका आधारमा अध्यक्षले गाउँसभाको बैठकको मिति तय गर्नुभएको हो ।’ गाउँसभाका लागि सवै तयारी रहेको समेत प्रमुख प्रशासकिय अधिकृत गुरुङले जानकारी दिनुभयो । ‘बजेट नीति तथा कार्यक्रमदेखि लिएर सवै तयारी भइसकेको छ, उहाँले भन्नुभयो, कार्यपालिकाको बैठक ९ गतेका लागि डाकिएको छ, कार्यापालिकाको बैठकले बजेट नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनेकाम गर्छ । उहाँले कार्यपालिकाको अघिल्लो बैठकले बजेट बिषयमा करिब करिब टुङगो लगाइ सकेको दावी गर्नुभयो ।
गाउँसभाले बजेट नीति तथा कार्यक्रम ल्याउन नसक्दा योजना कार्यान्वयन ठप्प भएको बताउनुभयो । त्यस्तै कर्मचारीको तलब भत्ता लगायतका प्रशासनिक कार्य समेत गर्न समते समस्या हुदै आएको प्रमुख प्रशासकिय अधिकृत गुरुङको भनाई छ । ‘कर्मचारीको तलब भत्तादेखि लिएर सवै कुरा रोकिएका छन्, उहाँले भन्नुभयो, खर्च गर्ने बाटो नै बन्द भएको छ ।’