सोलुखुम्बु ६, असोज । सोलुखुम्बुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
३९ वर्षीय तामाङ आफ्नै घरमा रड लिएर छतमा गएका बेला रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस भएका उहाँको
जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।