Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिका ७र ८ बोर्लाङका ६ जनाले जिते कोरोना


2.3K
Shares

भीमसेन थापा गाउँपालिका ७र ८ बोर्लाङका ६ जनाले जिते कोरोना

गोरखा ६, असोज । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ का ६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । गण्डकी प्रदेश जनस्वस्थ्य प्रयोगशाला पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पछिल्लो पिसिआर परीक्षणका क्रममा उनिहरुको रिर्पोट नेगेटिभ आएको भीमसेन थापा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

संक्रमणको पुष्टी भएपछि ५ जनाको सदरमुकाममा रहेको   गोरखा क्याम्पसको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो भने एक जना पुरुषको घर मै होम आइलेसनमा राखेर उपचार भइरहेको थियो । गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत ५ जनालाई मंगलबार डिस्चार्ज गर्ने तयारी भईरहेको जनाइएको छ । कोरोना संक्रमण मुक्त हुनेहरुमा वडा नम्बर ७ का ३४ बर्ष र ४१ बर्षका २ पूरुष र ३३ बर्षका १ महिला रहेका छन् भने वडा नम्बर ८ का २६ बर्षका १ पुरुष र २५ बर्षका १ महिला रहेका छन् ।

यस्तै संक्रमण पुष्टी भएपछि होम आइशोलेसनमा रहेका वडा नम्बर ७ का २८ बर्षका पुरुषको समेत कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ शाखा प्रमुख खनालले जानकारी दिनुभयो । । होम आइसोलेनमै रहेकी २८ बर्षिय सुत्केरी महिलाको भने कोरोना रिर्पोट भने प्रात्त हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology