Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भिरबाट लडेर एक युवकको मृत्यु


1.2K
Shares

गोरखामा भिरबाट लडेर एक युवकको मृत्यु

गोरखा ६, असोज । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ स्थित बेनिघाट–लार्के सडक खण्डको लाक्पाल बस्ती नजिकै एक युवकको हिजो राती भिरबाट लडेर मृत्यु भएको छ ।

बेनिघाट लार्के सडकखण्डमा मजदुरी गर्दै आएका धार्चे गाउँपालिका–१ दुवान घर भएका २० बर्षिय दिपक गुरुङको राती पौने ८ बजे बुढी गण्डकी नदीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गुरुङ काम गर्ने क्रममा एक्कासी चिप्लिएर सडकदेखि करिब ४० मिटर तल बुढी नदीको किनारमा खसेको प्रहरीको भनाई छ । नदीको किनारामा खसेका उनको घटनास्थममै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेर प्रहरीको टोलीले घटनाको प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र आरुघाट पठाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology