गोरखा ५ असोज । मोटरसाइकल दुर्घटनामा परि गोरखाका एक ब्यक्तिको आज मृत्यु भएको छ । मोटरसा चितवनमा सोमबार मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित पाँच किलो भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउदैँ गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइकल आज दुर्घटना हुदा गोरखाको सहिद लखन गाउँपालिका-५ का ४५ बर्षिया सुनबहादुर थापा मगरको मृत्युु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका थापामगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायव उपरिक्षक) सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउका १८ वर्षीय युवक करण आले मगर घाइते हुनुभएको छ । उहाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।