Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वामदेवलाई राष्ट्रिय सभामा रोक्न सर्वोच्च अदातलमा पर्यो रिट


1.3K
Shares

वामदेवलाई राष्ट्रिय सभामा रोक्न सर्वोच्च अदातलमा पर्यो रिट

काठमाण्डौ ५, असोज । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यका रूपमा काम गर्न रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेता गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार रिट दायर गर्नुभएको हो ।

पूर्व अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गर्नभएको थियो ।

प्रतिनिधि सभामा पराजितलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । आज पेश गरेको रिटमा पर्सिका लागि पेशी तोक्ने भनिएको त्रिपाठीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology