Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिका ६ र ८ का ४ जना संक्रमित निको भएर घर फर्किए


4.8K
Shares

गोरखा नगरपालिका ६ र ८ का ४ जना संक्रमित निको भएर घर फर्किए

गोरखा ५, असोज । गोरखामा आज थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत गोरखा नगरपालिका वडा नम्बर ६ र ८ का संक्रमितहरु निको भएर घर फर्किएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

उपचार पछि निको भएर घर फर्कनेहरुमा वडा नम्बर ६ का २७ बर्ष, ३६ बर्ष र ४९ बर्षका ३ पूरुष रहेका छन् भने वडा नम्बर ८ का २३ बर्षका एक पुरुष रहेको उहाँले बताउनुभयो ।

जनस्वास्थ्य प्रयोशाला काठमाण्डौ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएको १४ दिन आइसोलेसनमा रहदा लक्षण तथा चिन्ह नदेखिएपछि उनिहरुलाई डिस्चार्ज गरिएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology