तनहुँ ५, असोज । तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ खस्राङ्का २१ वर्षीय बिरमान गुरुङलाई भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गहि बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका गुरुङले बाबुको हत्यापछि रीतिरिवाज अनुसार चिहानमा खाडल खनी पुरी दाहसंस्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । उनले आफ्ना ४१ वर्षीय बाबु राजकुमार गुरुङलाई हत्या गरेको आरोप लागेको छ
गत शुक्रबार इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली र स्थानीयको रोहवरमा उक्त शव खाडलबाट उत्खनन् गरी जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतकको शवलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा ९पश्चिमञ्चल क्षेत्रीय अस्पताल पोखरा० पठाइएको प्रहरीले जनाएको छ ।
मृतकको छोरा बिरमानलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।