गोरखा ५ असोज । गोरखामा आज थप एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका-६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले जारी गरेको जानकारी अनुसार गण्डकी प्रदेशमा सोमबार (आज) थप ३९ जनामा संक्रमण पुष्टि भएको छ ।