गोरखा ४, असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिका एक क्वारेन्टिनमा बसेका एक ब्यत्ति क्वारेन्टिनबाट नै भागेका भएका छन् ।भारतबाट आएर क्वारेन्टिनमा बसेका ति ब्यत्ति क्वारेन्टाइनमा रातको समयमा भागेका हुन । बारपाक सुलिकोट गाउँपालिका -६ स्थित सुुर्य ज्योति माविमा बसेका उनी स्वाँराकै भएको पुष्टी भएको छ । ‘४/५ दिन भयो आएको, हिजो राती कति बेला फरार भए थाहै पाएनौ । हामीले स्थानिय जन प्रतिनिधी संग समन्वय गरेका छौ । कोशिस जारी छ ।’ बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख बिष्णुप्रसाद भट्टले भन्नुभयो ।
क्वारिन्टीनबाट भाग्ने व्यक्ति लुरे सार्की भएको र उनी असोज १ गते भारतको कश्मिरबाट आएर बसेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।क्वारिन्टीनमा बसेका ब्यत्ति फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पनि पुष्टी गरेको छ । उनी घर तर्फ गएको भन्ने सूचना आएकोले प्रहरी परिचालन गरि खोजी भई रहेको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।