Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा तीन जना कर्मचारी संबिधान दिवसको अबसरमा बिभूषित


3.2K
Shares

गोरखा तीन जना कर्मचारी संबिधान दिवसको अबसरमा बिभूषित

गोरखा ३ असोज । गोरखा जिल्ला कार्यरत ३ जना सरकारी कर्मारीहरु जनसेवा श्री पदकबाट बिभुषित भएका छन् । पाँचौ संबिधान दिवसको अबसरमा सरकारले आफ्नो जिम्मेवारी बहन गर्दै उत्कृष्ट कार्य गरेको भन्दै गोरखा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री), कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा जनसेवा श्री (चतुर्थ) र स्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन नारायणबाबु आर्यल जनसेवा श्री (पञ्चम) बाट बिभुषण गरिएको हो ।

जिल्ला प्रसासन कार्यालयले जिल्ला भित्र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीको नाम गृहमन्त्रालयको पठाएको थियो । जिल्लाबाट ४ जनाको नाम सिफारिस गरिएका मध्ये सवै बिभुषित भएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । तत्कालिन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारी पनि जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित हुनुभएको छ ।

उहाँ अहिले गोरखाबाट सरुवा भएर गइसक्नु भएको छ । ‘कार्य सम्पादन राम्रो गर्ने कर्मचारीलाई छनोट गरेर पदकमा लागि सिफारिस गरिन्छ, उहाँले भन्नभुयो, गोरखाबाट यो पटक ४ जनाको नाम सिफरिस गरिएको उहाँहरु सवै जना बिभूषित हुनु भएको छ ।’ बिभूषित भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology