गोरखा ३, असोज । गोरखाको शहिद लखन गाउँपालिका–८ बुङकोटमा जटिल खालका क्षयरोगका बिरामी भेटिएको छ । ६४ बर्षका एक पुरुषमा क्षयरोग देखिएपछि उनको परिवारका ११ जनाका खकार संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय गोरखाका क्षय तथा कुष्ठरोग निरीक्षक नरजंग ठकुरी नेतृत्वको टोली बुङकोटमा पुगेर फ्यामिली कन्ट्रयाक ट्रेसिङ गरिएको हो ।