गोरखा ३, असोज । गोरखा–ध्याम्पेसाल सडकखण्ड अन्तरगत पर्ने गोरखा नगरपालिका–८ ढुङ्गागाँढे भन्ज्याङ नजिकै सडक बिग्रिएर सवारी साधन चल्नै नसक्ने अबस्था भएको समाचार नागरिक सवाल डटकमले सार्वजनिक भएपछि शनिबार (आज) सडक मर्मत भएको छ । थोरै पानी पर्दा समेत सडकमा सवारी साधन चल्नै नसक्ने अबस्था समाचार प्रकाशन भएपछि वडाध्यक्ष कृष्णबहादुर के.सीको समन्वयमा बिहान सडक मर्मतका काम भएको हो । गोरखा नगरपालिकाको डोजर लगेर सडकमा रहेको हिलो प्याक्ने तथा दाँयाबाँयाबाट ढुङगामाटो हालेर सडकमा सवारी चल्न सक्ने बनाइएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
सदरमुकामको हस्पिटल चोकदेखि फिनामसम्म सडकखण्डमा पर्ने उक्त खण्ड कालोपत्रेका लागि ठेकेदारसंग सम्झौता भइसकेको भएपनि ठेकेदारले काम शुरु गरि नसकेकाले तत्कालका लागि सवारी साधान आवतजावत गर्न मिल्ने गरि मर्मत गरिएकोे वडाध्यक्ष खत्रीले बताउनुभयो । अहिले बाटो सफा गरेर दोहोरो गाडी चल्ने व्यवस्था चाँही गरिदिएका छौ, उहाँले भन्नुभयो, ‘अब सवारी साधनहरु घण्टौ फस्ने अबस्था छैन ।’
करिब ५ घण्टा जति मेसिन लगाएर बाटो मर्मतका काम गरिएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँले जनगुनासो बढेपछि वडा कार्यालयको बजेटबाटै सडकमा ग्राभेल राख्ने प्रयास गरेको भएपनि ठेक्का लागिएको सडकखण्ड भएकाले दोहोरो भुक्तानी गर्न नमिल्ने भएपछि नगरपालिककै मेसिन लगाएर तत्कालका लागि यातायात चल्ने अबस्था बनाइएको बताउनुभयो ।
करिब ३० मिटर मात्रै सडक बर्खाले अध्याधिक क्षति पु¥याउदा सो सडकखण्डमा सवारी चालक र यात्रुहरुले लामो समयदेखि सास्ती खेप्दै आउनु परेको थियो । शुक्रबार मात्रै उपचारका लागि बिरामी लिएर गोरखा तर्फ आउदै गरेको सवारी घण्टा उक्त सडकखण्डमा फसेपछि नागरिक सवाल डटकमले गोरखा नगरपालिकाको ढुङ्गागाडेमा कसले बुझने चालक र यात्रुको सास्ती शिर्षकको समाचार फोटो फिचर सहित प्रकाशन गरेको थियो ।