गोरखा २, असोज । गोरखाको पालुङटार नगरपालिका–३ स्थित रानिखेतकि एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर ७ बर्षीय बालिका समिक्षा गिरीको बिहीवार साझ मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाटिपोखरीले जनाएको छ ।
आफ्नै घरको कोठामा बालिकालाई करेन्ट लागेको हो । करेन्ट लागेर मृत्यु भइसकेको अवस्थामा परिवारका सदस्यले थाहा पाएका थिए । मृतक बालिकाको शव पोस्टमार्टमको लागि गोरखा अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यलय ठाँटीपोखरीका प्रमुख गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।