गोरखा २ असोज । गोरखा ध्याम्पेसाल सडक खण्ड अन्तरगत गोरखा नगरपालिकाको ढुङ्गागाडेमा थोरै पानी पर्दा समेत सडकमा सवारी साधन गुड्नै नसक्ने अबस्था हुदा यात्रुहरुले सधै सास्ती खोप्नु परेको छ ।

सदरमुकामबाट १० मिनेटको दुरीमा रहेको ध्याम्पेसाल पुग्ने मुख्य सडकमै सामान्य बर्षामा पनि सवारी गुड्न सक्ने अबस्था नरहेपछि सवारी यात्रुहरुले हैरानी खेप्नु परेको हो । थोरै मात्र मर्मत गरेपनि निर्वाध सवारी चल्न सक्ने अबस्था रहेपनि गोरखा नगरपालिकाले चासो नदिदा सडक मर्मत हुन नसकेको हो ।

सडक निर्माणका लागि ठेक्का लागि सकेको भएपनि तत्कालका लागि बिरामी बोकेको एम्बुलेन्स समेत घण्टौ अड्किने गरेको २० मिटर खण्ड मर्मतका लागि गोरखा नगरपालिकाको ध्यान पुग्न सकेको छैन । तस्बिर : धिरज उपरकोटी