गोरखा २ असोज । गोरखामा ४२ बर्षिय पुरुषले गएराती भुण्डिएर आत्माहत्या गरेका छन् । जिल्लाको पालुङटार नगरपालिका–७ च्याङली स्थित पारेघाटका रमेश बिकले घर नजिकैको जंगलमा भुण्डिएको अबस्था शव फेला परेकोे स्थानीयले बताएका छन् ।
भुण्डिएको अबस्था बि.कको शव फेला परेपछि प्रहरीले घटनास्थलमा पुगेर शवको मुचुल्का तयार पारी जिल्ला अस्पतालमा पोष्टमार्टमा लागि पठाइएको प्रहरीले जनाएको छ । आत्माहत्याको कारण भने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।