Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

समाचार प्रभाव : ५४ दिनदेखिको पहिरो हटेपछि नाम्जुङ स्वास्थ्य चौकीमै पुग्यो एम्बुलेन्स


1.3K
Shares

समाचार प्रभाव : ५४ दिनदेखिको पहिरो हटेपछि नाम्जुङ स्वास्थ्य चौकीमै पुग्यो एम्बुलेन्स

गोरखा २, असोज । गोरखाको शहिद लखन गाउँपालिका–९ नाम्जुङ स्थित नाम्जुङ स्वास्थ्य चौकीसम्म पुग्ने सडकमा खसेको पहिरो करिब २ महिनापछि हटाइएको छ । गएको साउन ५ गतेदेखि पहिरो खसेर अबरुद्ध भएको स्वास्थ्य चौकीसम्म पुग्ने सडक ५४ दिनपछि शनिबारदेखि सूचारु भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

‘गएको शनिबारदेखि मेसिन लगायर पहिरो हटाउने काम भएको छ, वडाध्ययक्ष लामिछाने भन्नुभयो ‘अहिले स्वास्थ्य चौकीसम्म नै एम्बुलेन्स पुग्ने अबस्था भएको छ ।’ उहाँले अहिले तत्कालका लागि एम्बुलेन्स मात्र भनेपनि स्वास्थ्य चौकीसम्म अबस्था भएको जानकारी दिनुभयो । ‘अझै पुरै काम त भईसकेको छैन, मैले सवै काम सक्नु भनेको थिए तर नसकी मेसिन अन्त्यै लगेछ , वडाध्यक्ष लामिछानेले भन्नुभयो, अब एकडेढ घण्टाका जतिको काम बाँकी होला त्यो पनि म छिट्टै गराउछु ।’

उहाँले भनेको समयमा मेसिन नपाउदा तथा बर्खायाम र लगातार पानी परेका कारण पनि स्वास्थ्य चौकीसम्म पुग्ने सडक लामो समयसम्म अबरुद्ध भएको हुन स्विकार गर्नुभयो । वडाध्यक्ष लामिछानेले स्वास्थ्यचौकीको बर्थिङसेन्टर पछाडीको पहिरो पनि अब तत्कालै हटाउन सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘काल्लो हटाउन मान्छे लगाउदा धेरै खर्च लाग्छ वल्लोमा चाही मान्छै लगाएर गर्ने कि भनेर मान्छे खोजिरहेको छु, उहाँले भन्नुभयो, ‘वर्थिङ सेन्टरपछाडी केही भाग मान्छे नै हटाएर भ्यालसम्म देखिने बनाइएको छ, तलको माटो तान्न मेसिन लगाउने भनेको डोजेर तल गएको छ एकदुई दिनमा म गर्छु ।’

स्वास्थ्य चौकीसम्म एम्बुलेन्स पुग्न नसक्ने अबस्था हुदा समेत गाउँपालिकाले पहिरो हटाउन चासो नदिएपछि बिरामी लैजान समस्या हुदै आएको थियो । स्वास्थ्यचौकीकी प्रमुख लक्ष्मी श्रेष्ठले पहिरो हटाएसंगै बिरामी एम्बुलेन्समै उपचारका लागि आउनसक्ने अबस्था भएको बताउनुभयो । ‘अब बाटोमै स्टेचर बोकेर बिरामी लिनु जानुपर्ने अबस्था हटेको छ, उहाँले भन्नुभयो, बिरामीले अब सास्ती खोप्नु पर्ने अबस्था छैन ।’

सोही बिषयमा नागरिक सवाल डटकमले  १ घण्टामा हटाउन सकिने पहिरो डेड महिनामा पनि हटेन शिर्षकको समाचार प्रकाशन गरेको थियो । । समाचार प्रकाशनपछि वडाध्यक्ष संक्रियतामा पहिरो हटाइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology