Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तेह्किलो बजार सिर्दिखोला सडक खण्ड कालोपत्रेको काम सुरु


3.6K
Shares

तेह्किलो बजार सिर्दिखोला सडक खण्ड कालोपत्रेको काम सुरु

गोरखा १, असोज। गोरखा नगरपालिका वडा नम्बर ११ स्थित तेह्रकिलो बजारदेखि सिर्दि खोलासम्म सडक कालोपत्रेको काम सुरु भएको छ । करिब डेढ किलोमिटर सडक खण्ड ६ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

‘टेण्डर गरेर प्रक्रिया मार्फत काम सुरु भएको हो, उहाँले भन्नुभयो, सडकको खण्डको मुख्यमुख्य घुम्तीहरुमा भने ढलान गरेर काम गर्ने गरि सम्झौता भएको छ । सडक निर्माणको ठेक्का पाएको सचेत कन्ट्रक्सनले सम्झौता अबधी अघि नै निर्माणको काम सम्पन्न गर्ने जानकारी गराएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

कुल रुपैयामा सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । सडक कालोपत्रेको काम हिजोदेखि सुरु भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology