Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली बजारमा आयो पैसा डिसइन्फेक्सन गर्ने मेसिन


8.6K
Shares

नेपाली बजारमा आयो पैसा डिसइन्फेक्सन गर्ने मेसिन
काठमाण्डौं – नेपाली बजारमा पैसा डिसइन्फेक्सन गर्ने मेसिन भित्रीएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाटै नोट डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको हो । खेम्स क्लिनिङ र र्‍यापिड सर्जिकलले बजारमा ल्याएको आज मेसिन सार्वजनिक गर्दै कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दावी छ ।

बजारमा आएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी सामग्री पनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको दावी छ ।कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताइएको छ   ।

३० सेकेण्डदेखी ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिन्छ । मेसिनको न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology