गोरखा ३१, भदौ । गोरखा जिल्लामा आज बिहान एकैपटकमा थप १३ जना कोरोनाका भेटिएको छ । गोरखाका ४ वटा स्थानीय तहहरुमा कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयले जारी गरेको विज्ञप्तीमा गोरखाको शहिद लखन, बारपाक सुलिकोट, भिमसेन थापा र गोरखा नगरपालिकामा गरी १३ जना संक्रमित थपिएको पुष्टि गरेको हो ।जसमा शहिद लखन ३ मा २१ बर्षिया महिला छन । त्यस्तै सबैभन्दा बढी बारपाक सुलिकोटमा ८ जना संक्रमित थपिएका छन ।
थपिएका मध्ये वडा नम्मबर ७ मा १६, २२, ३५ र ३६ बर्षका पुरुष छन भने वडा नम्बर ३ मा २१ बर्षका पुरुष, ४ मा १८ बर्षका पुरुष, ६ का २४ बर्षका पुरुष, ८ का ३६ बर्षका पुरुष रहेको रहेका छन् । त्यस्तै थपिएका मध्ये भीमसेन थापा ७ का २४ र ३४ बर्षका पुरुष र गोरखा नगरपालिका ७ का २५ र ३८ बर्षका पुरुष रहेको शर्माले बताए । उनिहरु सबै कन्ट्याक्ट ट्रेसिङ्ग गरिएकाहरु रहेको बताइएको छ ।