Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखाको चार स्थानिय तहमा थपिए १३ कोरोना संक्रमित


1.8K
Shares

गोरखाको चार स्थानिय तहमा थपिए १३ कोरोना संक्रमित

गोरखा ३१, भदौ । गोरखामा आज थप १३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज .बिहान जारी गरेको प्रेस बिज्ञप्तीमा जिल्लाको बारपाक सुलिकोट गाउँपालीकाका ८ जना, भिमसेन थापा गाउँपालीका र गोरखा नगरपालीकामा २ जना र शहिद लखन गाउँपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टी भएको जनाएको हो ।

बारपाक सुलिकोट गाउँपालीका वडा नं ७ का १६, ३६, २२, ३५ बर्षका ४ जना पुरुष, वडा नं ३, ४, ६, ८ का क्रमशः२१, १८, २४र ३६ बर्षका पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै शहिद लखन गाउँपालीका वडा नं ३ का २१ बर्षिय महिला, भिमसेन थापा गाउँपालीकाका २६ र ३४ बर्षका २ जना पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै गोरखा नगरपालीका वडा न ७ का २५ र ३८ बर्षका २ पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएकोे हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology