Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखाका एक वडाध्यक्ष जसको अभियानबाट अपांगता भएका एक परिवारले पाए अपांगमैत्री पक्की घर


4.2K
Shares

गोरखाका एक वडाध्यक्ष जसको अभियानबाट अपांगता भएका एक परिवारले पाए अपांगमैत्री पक्की घर

गोरखा ३१, भदौं । गोरखाको शहिद लखन गाउँपालिका–७ कोटगाउँका धनबहादुर श्रेष्ठ र पोषणकुमारी श्रेष्ठकी ५ सन्तानमध्ये ३ सन्तान पूर्ण रुपमा अपांग छन् । आर्थिक अबस्था अत्यन्त कमजोर त्यसमाथि पनि परिवारका ३ सन्तान पूर्ण रुपमा अपांग भएपछि श्रेष्ठको परिवारलाई अपांगता भएका छोराछोरीको हेरबिचार, स्याहारसुसार र दैनिक गुजारामा यसै पनि समस्या पर्दै आएको थियो ।

घरमा अपांगता भएका छोरा छोरीको स्याहारसुसार र हेरबिचारका लागि अघिकासं समय खर्च गर्नुपर्ने बाध्यता रहेको उहाँको परिवारलाई हातमुख जोड्न समस्या त यसैथियो त्यसमाथि पनि २०७२ साल बैशाख १२ गतेको बिनासकारी भुम्कपले परिवारमा अर्को बिपत् थपिदियो । माटोले बनेका कच्चीघर भुकम्पले बस्न नसक्ने गरि क्षति पु¥याइदिएपछि श्रेष्ठ परिवारलाई अर्को आपत आइप¥यो ।

न बास बस्ने सुरक्षित घर छ न त छोरा छोरी नै सवल छन् फेरि भुकम्पले आइहाल्यो भने पनि आफु त भागेर सुरिक्षत रहन सकिएला तर अपांगता भएकी ति १ छोरा र २ छोरीलाई कसरी सुरिक्षत गर्ने भन्ने चिन्ता धनबहादुरको मनमा सधै यहि खेलिरहन्थ्यो । घर बनाउन पैसा थिएन, न साथ दिने अरु कोही थिए । जसोतसो भुकम्पले क्षतिग्रस्त घरमा दैनिक गुजारा गरिरहेका श्रेष्ठ परिवारका लागि साहारा बन्न पुग्नुभयो शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ ।

भएका श्रेष्ठ परिवारको अबस्था बारे जानकारी लिनुहुदै वडाध्यक्ष श्रेष्ठ

श्रेष्ठ परिवारको दुःख र आपत देखेपछि मनैदेखि केही त सहयोग गर्नैपर्छ भन्ने अठोट गर्नुभएका वडाध्यक्ष श्रेष्ठले उहाँको परिवारका लागि एउटा सुन्दर अपांगमैत्री घरको मनमनै परिकल्पना गर्नुभयो, त्यहि परिकल्पना मंगलबार पुरा भएको छ । समाजिक सञ्जाल मार्फत आर्थिक संकलनको अभियान नै सञ्चालन गरेर वडाध्यक्ष श्रेष्ठको सवै तिर हारगुहार गरे आफ्नो अगुवाईमा ढिलै भएपनि दुःखमा परेका एउटा परिवारका लागि सुन्दर घर निर्माण भएको छ ।

३ कोठा र एक शौचालय रहेको अपांगमैत्री घर निर्माणका लागि १६ लाख ८३ हजार ७ सय ४८ रुपैयामा भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘अभियानबाट रु १४ लाख ८१ हजार ७४ रुपैयाँ जम्मा भएको छ, उहाँले भन्नुभयो ‘घर निर्माण गर्दा लागेको खर्च मध्ये कुल २ लाख २ हजार ६ सय ७४ उठेको भन्दा बढी खर्च भएको छ त्यो म आफैले व्यर्होने प्रतिबद्धता सामुहिक रुपमा गरेको छु ।’

अपांगता भएका श्रेष्ठ परिवारका १ छोरा र २ छोरी

‘तीन सन्तान पूर्ण अपांगता भएकाले बृद्ध बुवाआमा तिनै छोराछोरीको स्याहार गरेर बस्नु पर्ने बाध्यता रहदै आएको छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘उहाँको आर्थिक अबस्था कमजोर भएकाले श्रेष्ठ परिवारलाई दैनिक गुजारा चलाउन समेत समस्या भएपछि घर बनाइदिने प्रतिबद्धता सहित अभियान थालेको थिए जुन आज सवैको सहयोगले पुरा भएको छ ।’

‘सवै क्षेत्रमा हारगुहार गरेर जसरी पनि घर बनाइदिनुपर्छ भनेर अठोट गरेको थिए, उहाँले भन्नुभयो, धन हुने धन दिनुभयो मन हुनेले मन दिनुभयो यसबाट एउटा समस्यामा परेको परिवारले राम्रो ओत पाउनुभएको छ ।’ धनबहादुर श्रेष्ठ तथा पोषकुमारी श्रेष्ठका ६ सन्तान मध्ये छोरा राजिब, छोरीहरु शिला र लिला पूर्ण रुपमा अशक्त छन् ।

निर्माण सम्पन्न भएको अपांगमैत्री घर श्रेष्ठ परिवारलाई मंगलबार हस्तान्तरण गरिदै

उनिहरु सवै सुताउने उठाउने, खाना खुवाउनेदेखि लिएर शौच गराउने लगायतका सवै दैनिक क्रियाकलाप समेत गर्न नसक्ने अबस्था रहेका छन् । ‘कामदारको अभाव, आर्थिक समस्या लगायतका कारण भनेको समयमा घर निर्माण गर्न सकिएन, तर केही ढिलो भएपनि समस्यामा परेको एउटा परिवारले घर पाउनु भएको छ, उहाँले भन्नुभयो, यो अभियान मेरो मात्र नभएर यस साथदिने सवै सहयोगी मनहरुको अभियानबाट सफल भएको हो ।’

घर निर्माणका लागि रणसिहं दल गण गोरखाका ९जनाले १० दिन कामसम्म सहयोग गरेको उहाँले जानकारी दिनुभयो । घर हस्तान्तरण कार्यक्रममा शहिद लखन गाउँपालिकाले उक्त परिवारलाई अपाङ्गता भएकाहरुलाई सहायता सामग्री खरिद गर्न एक लाख रुपैयाँ सहयोग गरेको छ । वडाध्यक्ष श्रेष्ठले अपांग आवास निर्माण सहयोग समिति नै गठन गरेर अभियान सञ्चालन गर्नुभएको थियो ।

अपांग आवास निर्माणका लागि जग खन्दै गर्दाको तस्विर

वडाध्यक्ष श्रेष्ठको यो अभियानमा आर्थिक सहयोग संकलनका लागि गाउँपालिका वडा नम्बर ६ का बिष्णुकुमार श्रेष्ठ, वडा नम्बर ८ का अमृत श्रेष्ठ, काशिनाथ अम्गाई, उत्तरकुमार श्रेष्ठ, नवराज अम्गाई, वडा नम्बर ७ का किरण श्रेष्ठ लगायतले बिशेष भूमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology