गोरखा ३०, भदौ । गोरखामा आज थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज .बिहान जारी गरेको प्रेस बिज्ञप्तीमा जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ३ की १० बर्षिय बालिकामा कोरोना संक्रमणको पुष्टी भएको जनाएको हो । संक्रमण पुष्टि भएकी बालिका होम क्वारेन्टिनमा बस्दै आउनुभएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
केहीसमय अघि तनहुँको आँबुखरैनी गाउँपालिकाका एक जीप चालकलाई संक्रमणको पुुष्टी भएपछि बालिका र बालिकाकी आमाको भदौ २७ गते कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो ।
संक्रमित बालिका र उहाँकी आमा आबँुखैरेनीका संक्रमण पुष्टी भएका चालकको सवारी साधन प्रयोग गरि चितवनमा उपचार गराएर फकिएका थिए । बालिकालाई होम आइसोलेसनमा राख्ने वा गोरखा क्याम्पसको आइसोलेसन पठाउने भन्ने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।