Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अझै बनेन चार अघि निर्माण सुरु गरेको झोलुङ्गे पुल


1.2K
Shares

अझै बनेन चार अघि निर्माण सुरु गरेको झोलुङ्गे पुल

फाइल फोटो
मुगु ३० भदौ । मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ४ फोतु गाउँ र हुम्लाको जैरकोट जोड्नका लागि चार वर्ष अघि निर्माण थालिएको झोलुगें पुल हालसम्म निर्माण हुन सकेको छैन । मुगु सोरु गाउँपालिकाका स्थानीयवासीले झोलुगें पुल बनाउन खोजे पनि हुम्लाका जैरकोटका स्थानीयवासीले अहिलेसम्म पुल निर्माण गर्न नदिएको झोलुगें पुल निर्माण समिति फोतुका अध्यक्ष बिर्खबहादुर शाहीले बताउनुभयो ।

हुम्ला र मुगुको सिमाना रहेको हुम्ला कर्णाली नदिमा चार वर्ष अगाडी झोलुगें पुल निर्माण कार्य सुरु भएको तथा पुलका लागि सबै सामान आए पनि हुम्लाका जैर गाउँका नागरिकले पुल निर्माण गर्न नदिएपछि पुलमा प्रयोग हुने सामाग्री समेत अलपत्र भएको समितिका अध्यक्ष शाहीले बताउनुभयो । झोलुगें पुल निर्माण भएपछि आफ्नो वनबाट घाँस दाउरा चोरी हुने भन्दै हुम्ला जैर गाउँका नागरिकले पुल बनाउन नदिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology