गोरखा ३० भदौ ।गोरखा बारपाक सुलिकोट घर भएकी एक महिलाको राजधानीमा सोमबार मृत्यु भएको छ ।
राजधानीको सैनिक अस्पतालमा उपचाररत बारपाक सुलिकोट गाउँपालिका ८ ठुलो पन्द्रुङ निवासी ६३ बर्षिया महिलाको मृत्यु भएको हो । उहाँलाई केही दिन अगाडी मात्र कोरोना संक्रमण पुष्टी भएको थियो ।
उपचारकै क्रममा सोमबार दिउसो मृत्यु भएकी ति महिला क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । उहाँलाई भाद्र २५ गते कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।